धरान : धरान उपमहानगरपालिकाका मेयर तिलक राई र तीन जना वडाध्यक्षले आफुले पाउने सेवा सुविधा धरान उपमहानगरपालिकाको राहत कोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।

निर्वाचनको बेलामा तिलक राईले आफु मेयर हुँदा नगरपालिकाबाट पाउने सेवा सुविधा नलिने उदघोस गरेका थिए । धेरैले उदघोष मात्रै हो व्यावहारमा लागु नहुने अडकलबाजी गरीरहदा मंगलबार धरान उपमहानगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा आफुले पदभागर ग्रहण गरे देखिको उपमहानगरपालिकाबाट अहिले सम्म पाउने सेवा सुविधा बापतको रकम १ लाख ४६ हजार ४ सय ८० रुपैया धरान उपमहानगरपालिकाको राहत कोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।

Bank-Statment

सोही कार्यक्रममा धरान उपमहानगरपालिकाका वडासदस्यहरु धरान ५ का सन्तोष लिम्वूले १ महिनाको, धरान १८ का प्रविन राईले २ महिनाको र धरान १४ का कृष्णप्रसाद भट्टराईले ३ महिनाको सेवा सुविधा बापतको रकम धरान उपमहानगरपालिकाको राहत कोषमा जम्मा गर्ने जानकारी दिईएको छ ।

मेयर राईले आउदो दिनमा पनि उपमहानगरपालिकाको सेवा सुविधा बापतको रकम प्रयोजनका लागि ५ सदस्यीय एक समिति बनाएको जानकारी गराएका छन् । त्यो समितिले विपन्न बर्गलाई सहयोगको साथै सामाजिक काम गर्ने पनि मेयर राइले बताएका छन् ।