पथरी : मोरङको पथरीशनिश्चरे ४ का वडा अध्यक्षले राहत बाढी सके पछि प्रहरी बोलाएर स्थानीय युवालाई पक्राउ गराएका छन् । एक पटक वितरण गरेर वाकी रहेको राहत सामाग्री वितरण गर्न माग गर्दा वडाध्यक्षले स्थानीयलाई प्रहरी बोलाए थुनाएका थिए ।

वडा अध्यक्षले फोन गरेपछि स्थानीय युवाहरू पूर्ण बहादुर राई,घनश्याम राई,टिकाराम थापा र धनबहादुर थापा र नवराज तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । एक पीडितले भने ‘राहत लिन गएको म अहिले सम्म भोकै छु ,राहत त के पाइयो र बरु उल्टै एक रात प्रहरी खोरमा बस्नु पर्‍यो ।'

घर बनाउने काम गर्ने तामाङको नाम राहत पाउनु पर्ने लिस्टमा नभएपछि उनी राहत दिलाइदिन आग्रह गर्दै स्थानीय जनकल्याण स्कुलमा पुगेका थिए । सोमवार वडा कार्यालयले उपलब्ध गराएको वाकी रहेको राहतलाई स्थानीयले बाढ्न माग गरेका थिए ।

सोही राहतलाई स्थानीय जो व्यक्तिले राहत पाउनु पर्ने हो तर नपाएका भए वितरण गर्न पूर्ण बहादुर राई लगायतका युवाले आग्रह गरे । वाकी रहेका राहत वडाध्यक्ष गोविन्द बहादुर भण्डारीले वाकी रहेको राहतको जिम्मा आफ्नो भएकोले अहिले वितरण नगर्ने बताए ।

त्यतिकैमा अध्यक्ष भण्डारीले प्रहरी बोलाएर प्रहरी लगाएर पक्राउ गराएको आरोप लगाएका हुन् । पीडित मध्येका एक नवराज तामाङले भने ‘राती भोकै बसियो बिहान मात्र चिया पाइयो’तामाङले भने ‘राहत नै माग्न गएको हु अपराधी जस्तै व्यवहार अध्यक्षले गर्नु भयो’।

इलाका प्रहरी कार्यालयमा मङ्गलवार बिहान पथरीशनिश्चरे नगरका प्रमुख दिलीप कुमार राई,नेकपा पथरीशनिश्चरे इन्चार्ज दिननाथ तिम्सिना लगायत पुगेर पक्राउ गरिएका युवालाई रोहवारिमा छुटाइएको छ । वडा अध्यक्ष भण्डारीले ती युवालाई बुझेका थिए ।

प्रहरी लगाएर युवा पक्राउ गराइएपछि वडामा वडा अध्यक्ष भण्डारीको चर्को विरोध भएको थियो । भण्डारीले भने मादक पदार्थ सेवन गरेर आएकाले प्रहरीको जिम्मा लगाएको बताएका छन् ।