धरान : धरान उपमहानगरपालिकाका बढी मानिसको जमघट हुने संवेदनशील क्षेत्रहरूमा मङ्गलवार देखि सेनिटाईज गर्न थालिएको छ ।

Senitaige-2

धरानका विभिन्न संवेदनशील क्षेत्र मानिएको बीपी कोर्ईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान सभागृह र आज भानु चौक क्षेत्रमा धरान उपमहानगरपालिकाको दमकलमा व्लीचिङ पानी घोलेर छर्किएको छ । अब बाँकी रहेको अरू संवेदनशील क्षेत्र धरान उपमहानगरपालिका र कृषि बजार क्षेत्रमा पनि सेनिटाईज गर्ने धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका वरिष्ठ कविराज रामबाबु यादवले बताए ।

Senitaige-3

विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार १ लिटर पानी बराबर १४. २८ ग्राम व्लीचिङ पाउडर घोलेर छर्किएको वरिष्ठ कविराज यादवले बताए । सेनिटाईजले कोरोना भाइरस र सरसफाइ सम्बन्धी सबै रोगको नियन्त्रणमा सहयोग पुर्‍याउने बताइएको छ ।
Senitaige-4