धरान : राहत दिएको फोटो खिच्न हुने नहुने विषयमा पक्ष विपक्षमा बहस हुँदै आएको छ । सामाजिक सञ्जालमा सामान्य राहत दिँदासमेत अनावश्यक फोटो खिचेर प्रचारबाजी भएको भन्दै विरोध हुँदै आएको छ ।

फोटोको विषयमा पक्ष विपक्षमा बहस हुँदै गर्दा धरानका मेयर तिलक राईले भने फोटो खिच्न थालेपछि राहत लिनेको सङ्ख्या घटेको बताउँछन् ।

आफै व्यवस्थापन सक्नेहरूले पनि राहत लिन थालेपछि राहत लिनेको फोटो लिन थालेपछि अहिले राहत लिनेको सङ्ख्या घट्न थालेको राई बताउँछन् ।

'उपमहानगरले सङ्घीय सरकारले भने अनुसार दैनिक ज्यालादारी मजदुरी गरेर खानेलाई मात्र राहत दिएको हो 'मेयर राईले भने 'तर अहिले सक्नेहरूले पनि नाम टिपाउनु भएको रहेछ भन्ने बुझियो, उपमहानगरले फोटो खिचेर राहत बढ्न थालेपछि अहिले राहत लिनको संख्या कम हुँदै गएका छन् ।'

उपमहानगरले अहिले आधारभूत खाद्यान्न पनि किन्न पाउने गरी बिक्रीको व्यवस्था समेत गरेको मङ्गलवार उपमहानगरले आयोजना गरेको पत्रकार सम्मेलनमा जनकारी दिए ।