धरान : वीपी काेईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे  उपकुलपतिमा प्रा. डा. ज्ञानेन्द्र गिरी नियुक्त भएका छन् । प्रतिष्ठानकाे सहकुलपति एवम स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले डेढ महिना अघि गरेको सिफारिसको आधारमा कुलपति समेत रहेक प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहिबार उनलाई नियुक्त गरेका हुन् ।

सरकारले रिक्त रहेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्तिका लागि प्रतिष्ठानका सहकुलपतिसमेत रहेका जनसंख्यामन्त्री ढकालको संयोजकत्वमा तीन सदस्य उपकुलपति सिफारिस समिति गठन गरेको थियो ।

साे समितीले डा गिरी, प्रतिष्ठानका कार्यबहाक उपकुलपती प्रा.डा.गुरु खनाल र प्रतिष्ठानका मेडिशिन विभाग प्रमुख प्रा. डा सन्जिव शर्माकाे नाम सिफारिस भएको थियो । कमिटीले ६ माघमा सूचना प्रकाशन गरी योग्यता पुगेका इच्छुक उम्मेदवारले ५ दिन भित्र आफ्नो शैक्षिक तथा व्यक्तिगत विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य सचिव खगराज बरालको इमेलमा पठाउन भनेको थियो ।

उपकुलपतिको लागि १६ जनाकाे आवेदन परेकाेको मा उपकुलपतिमा नियुक्त भएका डा. गिरी मुटु रोग विशेषज्ञ हुन् । उनी लामो समय कोसी अस्पतालको मेडिकल सुपरिटेण्डेन्ट भएर काम गरेका थिए । सरकारी जागिरबाट अवकास भएपछि उनी नोवेल मेडिकल कलेजको संस्थापक अध्यक्ष भई काम गरेका थिए ।

पछिल्लो समय उनी राजधानीको वि एण्ड वी अस्पतालमा काम गर्दै थिए । विराटनगरमा विराट मेडिकल कलेज स्थापना भएपछि पुनः उनी त्यहाँ गएर मेडिसिन डिपार्टमेन्ट चिफ भएर काम गरिरहेका थिए । प्रतिष्ठान भित्रकै उपकुलपति हुनुपर्ने भनिरहेको बेला धरान बाहिरका उपकुलपतिमा गिरी नियुक्त भएका हुन् ।