इटहरी : तेह्रथुमको आठराई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका दंगालले एक महिनाको तलब कोरोना व्यवस्थापन कोषमा दिने भएका छन् ।

त्यस्तै सोही गाउँपालिकाका जनप्रतिनिधीहरुले एक महिना बराबरको सेवा सुबिधा सोही कोषमा जम्मा गर्ने निर्णय गरेकाछन् ।

गाउँपालिका अध्यक्ष श्री मान बहादुर लिम्बू लगायत सम्पूर्ण जनप्रतिनिधिहरुले १ महिनाको सेवा सुविधा बराबरको रकम दिने भएका हुन् । गाउँपालिकाले कोरोना व्यवस्थापन कोषनै बनाएर बाहीरी सहयोगको अपिल गरीरहेकोछ ।

सहयोग गर्न चाहने जो कोहीले गाउँकार्यपालिकामा वा ९८५२०५३०६२ वा ९८५२०५३२११ मा सम्पर्क गर्न अधिकृत दंगालले आग्रह गरेका छन् । उनका अनुसार नेपाल बंगलादेश बैंक सक्रान्तीबजार शाखाको प्रकोप व्यवस्थापन कोषको खाता नम्बर ०३२०००१२४१ रकम जम्मा गर्न सकिनेछ ।