संखुवासभा : संखुवासभाको पाँचखपन नगरपालिका-६ मा भिरबाट लडेर १ जनाको मृत्यु भएको छ ।

उदयपुर जिल्ला घर भई संखुवासभाको पाँचखपन नगरपालिका-१ जौवारीमा रहेको ससुराली घरमा बस्दै आएका ३५ बर्षीय पदम बहादुर राई मामा ससुराको घर तर्फ जाने क्रममा बाटोमा रहेको भिरबाट लडेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

घटनास्थलमा ईलाका प्रहरी कार्यालय वानाबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।