धरान : वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिको रुपमा हिजो नियुक्त भएका प्रा.डा. ज्ञानेन्द्र गिरीले आज पदभार ग्रहण गरेका छन् ।

विराटनगर निवासी उनलाई हिजो वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपतिमा नियुक्ति गरेपछि आज प्रतिष्ठानमा उपकुलपतिको पदभार ग्रहण गरेका हुन् ।
बाम विचारधारका प्रा.डा. ज्ञानेन्द्र गिरीले पदभार ग्रहण गर्दै प्रतिष्ठानलाई राम्रो बनाउन प्रतिष्ठान भित्रकै चिकित्सक, पदाधिकारीहरु बिच सहकार्य हुनुपर्ने बताएका थिए ।
प्रा.डा. गिरीले औपचारिक कार्यक्रम केही नगरी भएको पदभार ग्रहण गरेसंगै अव प्रतिष्ठानलाई साख जोगाउदै अगाडी बढाउन ठुलो चुनौती थपिएको छ । उपकुलपतिमा नियुक्त हुने बित्तिकै उनले भनेका थिए “प्रतिष्ठानको समस्याहरु बुझेर समाधान गर्ने र सही मार्गमा ल्याउनेछु । “प्रतिष्ठानलाई देशकै उत्कृष्ठ र प्रतिष्ठित संस्था बनाउने छु । ’’

मुटुरोग विषेशज्ञ डा. कार्कीको नियुक्तिसंगै प्रतिष्ठानको बेथिति र लथालिङग अवस्थामा सुधार हुन्छ की हुदैन ? भन्नेमा जनचासो बढेको छ ।