इटहरी : बगैँचा टोल विकास संस्थाले इटहरी उपमहानगरपालिकाले स्थापना गरेको बिपत राहत कोषमा ५६ हजार ५ सय ६५ रुपैयाँ हस्तान्तरण गरेको छ ।

टोल विकासका अध्यक्ष सुनिल कार्कीले शुक्रवार इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीलाई रकम बराबरको चेक हस्तान्तरण गरेका छन् । तिन वर्ष अगाडी बाढीले इटहरीमा समस्या ल्याउँदा समेत बगैँचा टोलले २९ हजार ५ सय सहयोग गरेको थियो ।

टोल विकास समितिमा रहेको रकमले इटहरीका श्रमिक तथा विपन्नहरूको परिवारलाई राहत वितरण गरेको कार्कीले बताए ।

इटहरी ४ मा रहेको टोल विकासले उपमहानगरले पहिलो चरणमा वितरण गरेको राहत कार्यक्रममा पनि सहजीकरण गरेको थियो ।