पथरी : पथरीशनिश्चरेबाट  मिक्लाजुङ स्थीत क्वारेन्टाइनमा राखिएका १० जना मध्ये ९ जनालाई घर फर्काइएको छ ।

फर्काइएको ९ जनालाई संक्रमण नदेखिएपछि घर फर्काइएको हो । नगरप्रमुख दिलिप कुमार राईले उनीहरु जिम्मा लिएका हुन् ।

विदेशबाट फर्किएर आएका १० जनालाई टाँडी स्थीत क्वारेन्टाइनमा पठाइएको थियो । कोरना संक्रमण भएकी महिलासंगै कतार एयरवेजमा आएका २ जना पनि टाँडी स्थीत क्वारेन्टाइनमा रहेका थिए ।

पछिल्लो समयमा विदेशबाट आएका उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो । जसमध्ये १ जनाको स्वास्थ्य रिर्पाेट नआएकाले उनलाई घर फर्काइएको छैन् ।