धरान : भारतीय सञ्चारमाध्यमहरुले आफ्नो चरित्र हत्या गरेको बताउँदै जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ मन्सुरीले कडा आपत्ति जनाएका छन् ।

सीमा क्षेत्रमा रहेको सोही गाउँपालिकाबाट ४०-५० भाइरस संक्रमित व्यक्तिहरुलाई भारत प्रवेश गराएर कोरोना भाइरस फैल्याउन षड्यन्त्र गरेको भारतीय सञ्चार माध्यमहरुले आरोप लगाएका छन् ।

जालिम मियाले भारतीय ती अधिकारीहरु र मिडियालाई चुनौति दिंदै भने ‘केही गिरोहको षड्यन्त्र रचेर अनर्गल प्रचार गर्नु मेरो चरित्र हत्या गर्न खोजिएको छ । प्रमाण देखाउन म चुनौति दिन्छु ।’