धरान :  धरान उपमहानगरपालिकाले स्थापना गरेको फुड बैंकमा सुनसरी उद्योग वाणिज्य संघले बस्तुगत संघ संस्था र पदाधिकारीहरु सहित मिलेर ५००० केजी चामल प्रदान गरेको छ ।

सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष तथा विभिन्न वस्तुगत संघ संस्थाहरुको प्रतिनिधिहरुले धरान उपमहानगरपालिकाका  उप प्रमुख मञ्जु भण्डारी सुवेदीलाई उक्त राहत हस्तान्तरण गरेको थियो ।

लकडाउन बढ्दै जाँदा दैनिक ज्यालादारीमा काम गर्ने विपन्नहरुबाट  परिवारहरूबाट राहतको माग बडिरहेको धरान उपमहानगरपालीकाले जनाएकाे छ ।