धनकुटा : धनकुटा पात्ले-६ का ४० बर्षीय मनोज खड्का मृत अवस्थामा फेला परेका छन ।

यही चैत्र २३ गते घरबाट कोहि कसैलाई नसोधी हिडेका उनि घर फर्कि नआएपछी आफन्तले हिजो जिल्ला प्रहरी कार्यालय धनकुटामा जानकारी गराएका थिए ।

घटनाको जानकारीसंगै उनको हुलिया अनुसार खोजतलासमा खटिएको प्रहरी टोलीले शनिबार दिउँसो सँवा १२ बजे धनकुटाकै शिलढुंगाको चेपमा खड्कालाई मृत अबस्थामा फेला पारेको हो ।

उनि मृत अवस्थामा फेला परेसंगै घटनास्थलको कानुनी कारबाही र अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।