पाँचथर : पाँचथरको तुम्मेवा गाउँपालिका-५ हाङबुङमा निर्माणाधिन अवस्थामा रहेको पुलमा काम गर्दै आएका एक कामदारको ढुङगाले लागेर मृत्यु भएको छ ।

भारतको सिपोल जिल्ला शंकरापुर गाउँ पञ्चायत घर भई उक्त स्थानमा काम गर्दै आएका २४ बर्षीय नजिबुल महोमदको ढुङगाले लागेर मृत्यु भएको हो ।

दिनभरको काम सकेर खोला नजिकै टेन्ट टाँगेर सुतिरहेको अबस्थामा आज बिहान करिव ३ बजेको समयमा भिर माथीबाट एक्कासी ढुङगा झरेर लाग्दा निजको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।