इटहरी : किराँत याक्थुङ चुम्लुङ इटहरी उपमहानगर कार्य समितिले इटहरी उपमहानगरको फुड बैंकमा २५ सय किलो चामल सहयोग गरेको छ ।

प्रदेश सांसद सर्वध्वज साँवाको उपस्थितिमा चुम्लुङ नगर कार्य समितिका अध्यक्ष राम नेम्वाङले नगरप्रमुख द्वारिकलाल चौधरीलाई चामल हस्तान्तरण गरेका हुन् । चुम्लुङले अर्को चरणमा पुन: २५ सय केजी चामल प्रदान गर्ने अध्यक्ष नेम्वाङले घोषणा गरेका छन् ।

यसैगरि अष्ट्रेलियमा अध्यनरत इटहरीका कर्म लामाले आफना पिता मार्फत इटहरी उपमहानगरको प्रकोप ब्यवस्थापन कोषमा ५१ हजार रकम जम्मा गरेका छन् । उपमेयर लक्ष्मी गौतमलाई सो रकमको चेक उनका पिताले हस्तान्तरण गरे । आईतबारै इटहरी ग्लोवल आँखा उपचार केन्द्रले २० हजारको चेक इटहरी उपमहानगरको विपद ब्यवस्थापन कोषमा हस्तान्तरण गरेको छ ।