प्रकाशपुर : राहत वितरणमा सामाजिक दुरी कायम नराखेको गुनासो भइरहेको छ । मान्छे जम्मा गरेर राहतमा राजनीतिकरण गरेको गुनासो आइरहँदा बराहक्षेत्र नगरपालिका वडा नम्बर ९ ले भने घरघरमा पुगेर राहत वितरण गरेका छन् ।

छिमेकी वडाहरूले वडा कार्यालयमै बोलाएर राहत वितरण गरे पनि ९ नम्बर वडाले भने घरघरमै गएर राहत वितरण गरेको हो ।

'राहत वितरणको काम हाम्रो हो भन्ने थाहा पाउन बित्तिकै मजदुरी गरेर खानेको विवरण सङ्कलन गर्‍यौ' वडाध्यक्ष दीपक लिम्बुले भने ' पछि सङ्कलित नामावली अनुसार सामाजिक दुरी कायम गराएर घरघर मै गएर राहत वितरण गरेका हौ ।'

वडाले राहत वितरण गर्दा घरमा रहेको परिवार सङ्ख्याको आधारमा राहत सामान दिइएको थियो ।

परिवारको सङ्ख्याको आधारमा राहत वितरण गरेका लिम्बुले भने ' घरमा एक जना पनि हुन्छन् ठुलो परिवार पनि हुन्छ,त्यसैले परिवारमा कति संख्या छन् त्यसैको आधारमा राहत बाढेका हौ, यसरी सबैलाई बराबरी हुन्छ ।'