इटहरी : सुदूरपश्चिम प्रदेशको कैलालीमा थप एक जनालाई कोरोना पुष्टि भएको छ । कैलालीको लम्किचुहा नगरपालिकाकी ६० बर्सिया महिलामा कोरोना पोजेटिभ देखिएको हो।

लम्किचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएकी ती महिलाको र्‍यापिड टेस्टमा भने नेगेटिभ देखिएको थियो । तर थप आशंका भएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा स्वाब परीक्षणको लागि पठाइएको थियो ।

र्यापिड टेस्टमा कोरोना नदेखिए पनि जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा पोजेटिभ देखिएको लम्किचुहा अस्पतालका प्रमुख डाक्टर प्रकाश तिमिल्सिनालाई उदृत गर्दै सुदूरपश्चिमको सञ्चार गृह दिनेशखबरले लेखेको छ ।

उनी परिवार सहित वीरगन्जबाट फर्किएको बुझिएको बताउँदै प्रमुख डाक्टर तिमिल्सिनाले एम्बुलेन्स मार्फत सेती प्रादेशिक अस्पताल पठाई रहेको बताए । यो सँगै कैलालीमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच पुगेको छ भने देशभरि १३ पुगेका छन् ।