धरान : राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिम्सिनाले सभाका विभिन्न सभापतिहरू सँग भर्चुअल ( अनलाइन ) मार्फत छलफल गर्ने भएका छन् ।

अध्यक्षले सोमबार एक बजे देखि सिंहदरबारस्थित कार्यकक्षबाट कोरोना विरुद्धको राष्ट्रिय अभियानमा सभाले गर्न सक्ने योगदानबारे छलफल गर्ने छन् ।

'आगामी दिनमा राष्ट्रिय सभाले कोरोना विरुद्ध राष्ट्रिय सभाले केके गर्न सक्छ भन्ने विषयमा छलफल हुने कार्यक्रम छ' सङ्घीय संसद् सचिवालयका सह प्रवक्ता दशरथ धमलाले भने 'उपाध्यक्ष, संसदीय दलका नेता, सचेत र सभापतिहरू बिच छलफल गर्ने कार्यक्रम रहेको छ।'