इटहरी : काठमाडौं स्थित पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तिन जनालाई र्‍यापिड टेस्ट गर्दा कोरोना संक्रमण देखिएको छ ।

अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारीलाई र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको हो ।

कान्तिपुरले प्रहरी उच्च स्रोतलाई उदृत गर्दै पेप्सीकोलाको तीनजालाई कोरोना पोजिटिभ देखिएपछि सबैलाई पाटन अस्पतालको आइसोलेसनमा लगेर भर्ना गरिएको उल्लेख गरेको छ ।

उनीहरुको पीसीआर गर्नका लागि पठाइएको पाटन अस्पतालस्थित कान्तिपुरको स्रोतले पनि पुष्टि गरेको छ। उक्त परिवार चैत ५ गते लण्डनबाट फर्किएको थियो ।