इटहरी : सरकारले कोरोना महामारी नियन्त्रणको लागि गरेको लकडाउनको थप १२ दिन बढाएको छ ।

मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख ३ गते सकिने लकडाउनको अवधि १२ दिन थप गर्दै वैशाख १५ सम्म पुर्‍याएको हो ।

सरकारले पहिलो पटक चैत ११ गते सुरु भएको लकडाउन पटक पटक थप गरेर वैशाख १५ सम्म पुर्‍याउने भएको हो ।

नेपालमा हालसम्म १६ जनामा संक्रमण देखिएको छ। आज म‌ंगलबारमात्रै राजधानीको सनसिटी अपार्टमेन्टमा बस्ने दुईजनामा संक्रमण पुष्टि भएको हो ।

आजै छिमेकी भारतले लकडाउन १९ दिनका लागि बढाउने घोषणा गरेको छ।