धरान : सहारा नेपाल धरान सेवा केन्द्रले धरान उपमहानगरपालिकाको राहत कोषमा पचास हजार सहयोग गरेको छ ।

कोरोना भाइरस संक्रमण फैलिरहेको यस बिपतको घडिमा स्थानीय तह बिपत व्यवस्थापन समन्वय समितीहरुको सहकार्यमा नगर उपप्रमूख मञ्जू भण्डारीलाई नगद रु ५०,०००। बराबरको चेक हस्तान्तरण गरिएको अनुगमन अधिकृत महेश तामाङ्गले बताए ।

धरान सेवा केन्द्र प्रमूख प्रमिला अर्याल र रामपूर सेवा केन्द्र प्रमूख दिलीप गिरी साथै कर्मचारीहरु संजय प्रधान र लक्ष्मी कार्की सो चेक हस्तान्तरण गरेका हुन ।

कोरोनाको महामारी संग जुधिरहेको सरकारलाई साथ दिनको लागी सहकारीले सामाजिक उत्तरदायित्व अन्तरगत ५० लाख रुपैँया राहत प्याकेज साथै सहाराका ६ जिल्ला भित्र रहेका अति विपन्न परिवारलाई पैसाको अभाव हुन नदिन सदस्यमूखी कार्यक्रम अन्तरगत रु ७ करोड रुपैँया बिपत सापटी रकम बिना व्याज २ महिनामा फिर्ता गर्ने गरि प्रति सदस्य बढिमा रु ५ हजार सम्म दिने घोषणा सहकारीका कार्यकारी प्रमूख महेन्द्र कूमार गिरीले विज्ञप्ती जारी गरी जनाएका छन् ।