इटहरी : नेपाल इन्जिनियर एसोसिएसन इटहरी च्याप्टरले खुट्टाले चलाएर हात धुन मिल्ने मेसिन इलाका प्रहरी कार्यालय इटहरी लाई प्रदान गरेको छ ।

हात पानी खोल्दा र बन्दगर्दा कोरोना संक्रमण फ़ैलिने सक्ने सम्भावना भएकोले खुट्टाले चलाएर हात धुने मेसिन तयार पारिएको हो ।

इलाका प्रहरी कार्यलय इटहरी अगाडि राखिएको उक्त मेसिन बाट खुट्टाले चलाएर हात धुन सकिन्छ ।

संक्रमीत व्यक्तिलाई छोएपछि त्यही हातले धारा खोल्दा अरु व्याक्तिमा पनि संक्रमण फैलिन सक्ने भन्दै खुट्टाले चलाएर हात धुन सकिने प्रबिधी बिकास गरेको इन्जिनियर मोहन कार्कीले बताए ।

सो हातधुने प्रविधि इटहरी नगर अस्पतालमा स्याम्पल परीक्षण बुथ हस्तान्तरण इन्जिनियरहरु किसन अधिकारि,मोहन कार्की,रविन आचार्य,राजु आचार्य,प्रशान्त पोख्रेल र उमेश तुम्फाले बनाएका हुन् ।