सुनसरी : दुहवी नगरपालिका- ७ मा रहेको नहरमा डुबेर ८ बर्षीय बालकको मृत्यु भएको छ ।

मोरङ रङगेली नगरपालिका-२ घर भई दुहवीको ईटा भट्टामा काम गर्ने सुरज ऋषिदेबको ८ बर्षीय छोरा करण ऋषिदेब सोमवार बिहान ९ बजेको समयमा आफ्नो आमासँगै नहरमा नुहाउन गएका बालक अचानक पानीमा डुबेर घाईते भएकोमा उपचारको लागी सामुदायिक अस्पताल दुहवी लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी
कार्यालय दुहवीले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको दुहवी कार्यालयले जनाएको छ ।