उदयपुर :  उदयपुरको बेलका नगरपालिका वडा नं-  २ का ४९ बर्षीय जित बहादुर मगरको घाँस झार्ने क्रममा अचानक रूखबाट लडेर मृत्यु भएको छ । 

बैशाख ०२ गते सोमवार दिउँसो साँढे १ बजे घर नजिकै रहेको कुसुमको रूखमा चढेर घाँस झार्ने क्रममा अचानक रूखबाट लडेर घाईते भएका राईलाई उपचारको लागी बि.पी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जनाएको छ ।