धरान : आजको आपत्कालीन अवस्थामा पार्टी भन्दा माथि उठेर विपत् सामना गर्न सबै लाग्नु पर्ने भन्दै सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध सङ्घीय लिम्बूवान् मञ्च नेपालले सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको ध्यानाकर्षण गरेको छ ।

राष्ट्रिय मञ्च सम्बद्ध सङ्घीय लिम्बूवान् मञ्च नेपालका सुनसरी अध्यक्ष अमर इजमद्वारा हस्ताक्षरित विज्ञप्ति प्रकाशित गरी ध्यानाकर्षण गराएको हो ।  यस्तो विषम परिस्थितिमा विश्व स्वास्थ्य सङ्गठनले समेत हाम्रो देश नेपाल लगायत दक्षिण एसियालाई उच्च जोखिममा रहेको घोषणा गरिसकेकै थियो तथापि यसो भन्दा भन्दै पनि हाम्रो मुलुकको सङक्रमित सङ्ख्या दिनानुदिन बढिरहेको छ ।

अझ ठुलो चुनौती भनेको छिमेकी राष्ट्र भारतमा समेत सङ्क्रमण सङ्ख्या प्रति घण्टा वृद्धि भइरहेको छ । यो अति दुःखद र चिन्ताको विषय भएको भन्दै विज्ञप्तिमा भनिएको छ “स्वभावैले पनि छिमेकी राष्ट्रमा सङ्क्रमण सङ्ख्या वृद्धि हुँदा हाम्रो देशलाई पनि यो कोरोना सङ्क्रमणले द्रुतगतिमा प्रभाव पार्ने देखिन्छ ।”
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध सङ्घीय लिम्बूवान् मञ्च नेपालले सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको ध्यानाकर्षण गर्दै विज्ञप्ति ४ बुँदामा ध्यानाकर्षण गराएको छ ।

विज्ञप्ति उल्लेख गरिएका ४ बुँदे ध्यानाकर्षण यस्तो छ :

  1. प्रदेश १ र स्थानीय धरान सरकारले पनि यो महामारी सँग लड्नको लागी थुप्रै योजना र नीति निमार्ण गरेर निरन्तर कोरोनाको महामारी सँग लडाई लडिरहेको सर्वविदितै छ ।
    स्थानीय धरान सरकारले राहत वितरण, अति आवश्यक खाद्यान्न सामाग्रीको आपूर्ति, आपत्काल स्वास्थ्य सेवा र धरान उपमहानगरपालिकाको राहत प्याकेज कोष जस्ता महत्त्वपूर्ण योजनाहरू बनाए र कार्यान्वयन गर्न थालियो । साथै राहत वितरण समिति तथा अनुगमन समिति समेत गठन गरियो । के यो अनुगमन समितिमा सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी साथै सरोकारवालाहरूको समावेश गरिएको छ त ?
  2. सङ्घीय सरकार र प्रदेश सरकारले राहत प्याकेज दिने घोषणा गरेको छ स्थानीय सरकारलाई कुन कुन शिर्षकमा के कति रकम रकमान्तर भएको हो सो को सम्पूर्ण विवरण २० वटै वडा समितिको कार्यालयहरुलाई पठाइयो ?
  3. केन्द्र सरकारद्वारा निर्देशन भएको एक प्रदेश देखी अर्को प्रदेश, एक जिल्ला देखि अर्को जिल्ला, एउटा स्थानीय तह देखी अर्को स्थानीय तह तथा एक वडा देखी अर्को वडा सम्मको आवत जावत तथा आगमन माथिको प्रतिबन्ध लगाउने विषय माथि लकडाउनको पूर्ण पालना गर्दै तत्काल कार्यान्वयन गरियोस् साथै धरान उपमहानगरपालिकाको सुरक्षाको हकमा वडा नं. ८ र वडा नं. १९ सँग समन्वय गरेर विपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा जाने एम्बुलेन्सहरू तीनकुने देखी डाइर्बशन गरी हरियाली हुँदै लैजाने तत्काल व्यवस्थापन गर्नु पर्ने ।
  4. सङ्घीय सरकारले एकद्वार प्रणाली मार्फत राहत प्याकेज वितरण गर्ने भन्ने निर्णयलाई धरान उपमहानगरपालिकाले आफूखुसी मनोमानी ढङ्गले आफू निकट पार्टीका नेता तथा सदस्यहरू लाई परिचालन गरी अवैधानिक रूपमा राहत वितरणलाई प्रभावित पार्ने गरी कार्य गरिएको पाइएको ले धरान उपमहानगरपालिकालाई सचेत र खबरदारीका लागी ध्यानाकर्षण गराउन चाहन्छौ । राहत वितरणमा विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको सामाजिक दुरी र भिडभाड नियन्त्रण गराउन असक्षम रहेको देखिन्छ । मिति २०७७ वैशाख ०१ गते धरानको एक जना सब्जी व्यापारीलाई कोविड–१९ सङ्क्रमण भएको शङ्कास्पद अवस्थामा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसोलेसनमा भर्ना गरिएको थियो सोको सत्य तथ्य धरानवासी लाई सार्वजानिक गर्नु पर्ने देखिन्छ । स्थानीय धरान सरकारले सब्जी व्यापारीहरू लाई अनुगमन र स्थानीय धरानवासीलाई जागरूकता गराउन समेत आवश्यक छ । राहत वितरण टोली, अनुगमन टोली, सब्जी व्यापारी लगायत होम सर्भिस सेवा दिने ले सामाजिक दुरी कायम गर्नु पर्ने भने पनि प्रभावकारी हुन सकेको छैन । सम्भवतः सम्भावना भए विभिन्न सेवा प्रदायक व्यावसायिक र राहत वितरण टोली, अनुगमन टोली, सब्जी व्यापारी लगायत होम डेलिभरी सेवा दिने कम्पनी तथा सस्थाहरु लाई व्यक्तिगत सुरक्षा कवच को उपयोग गरेर सेवा दिन अतिआवस्यक छ ।
    विश्वभरि छरिएर रहेका सम्पूर्ण नेपाली आमा बुबा, दिदी बहिनी तथा दाजु भाइहरूमा जहाँ जुन अवस्थामा हुनु हुन्छ सुरक्षित भएर रहनका लागी भगवान् सँग प्रार्थना गर्दछौ साथै हाल सम्म काभिड-१९ को महामारी बाट विश्वमा ज्यान गुमाउनु हुने सम्पूर्ण मानव जाति प्रति हार्दिक श्रदासुमन ।