सुनसरी : सुनसरीको बर्जु गाउँपालिका-५ लप्टोलियाकी ३२ बर्षीया धनमाया भट्टराईले आफ्नै शरिरमा आगो लगाएर आत्महत्या प्रयास गर्दा घाईते भएकी छन् ।

मंगलवार राती साँढे ११ बजे को समयमा सामान्य घरायशी बादबिबाद हुँदा आवेशमा आएर आफ्नै शरिरमा मट्टितेल खन्याई आगो लगाउँदा उनी घाईते भएकी हुन् ।

घाईतेलाई उपचारको लागी कोशी अस्पताल बिराटनगर लगिएको छ भने अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय सितागंजले जनाएको छ ।