पथरी : मोरङको पथरीशनिश्चरेमा विदेशवाट फर्की आएर होम क्वारेन्टाइनमा रहेका २३ जनाको कोरोना परीक्षण सुरु गरिएको छ । पहिलो चरणमा बुधवारवाट परीक्षण सुरु गरिएको हो ।

नगरको निगरानीमा रहेका उनीहरूको र्‍यापिड टेस्ट किट (आरडिटी) बाट परीक्षण भइरहेको पथरीशनिश्चरे नगरका स्वास्थ्य निरीक्षक मुरारी आचार्यले जानकारी दिए । सम्भव भए २३ जनाकै बुधवार नै टेस्ट सम्पन्न गर्ने तयारी रहेको छ । परीक्षणमा आएका मध्ये ७ जनाको रिपोर्ट नेगेटिभ आएको छ । उनीहरू मध्ये १ जना महिलाको अझै थप परीक्षणका लागि थ्रोट स्वाब पनि सङ्कलन गरिएको छ ।

नगरबाट १० जनालाई प्रदेश स्तरीय टाँडीमा रहेको क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइन अवधिभर राखेर परीक्षण गर्दा ९ जनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरू घर फर्किसकेका छन् ।

बाँकी १ जनाको परीक्षण पछि नेगेटिभ आएमा घर फर्काइने र पोजेटिभ या शङ्कास्पद भएमा थप आइसोलेसन वा क्वारेन्टाइनमा राख्ने भन्ने निर्णय हुने आचार्यले बताए ।