इटहरी : नेपाल तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङले इटहरी प्रहरीलाई १ हजार थान मास्क र ५ सय थान पन्जा प्रदान गरेका छन् ।

हाल लन्डनमा रहेका उनले इटहरीमा रहेका दिव्यराज गुरुङ मार्फत सो सामान प्रदान गरेका हुन ।

कोरोना भाइरस फैलिन नदिन प्रहरी जनताको सुरक्षामा चौबिसै घण्टा खटिरहेकोले उनीहरूको सुरक्षाकोलागि उक्त सामाग्री सहयोग गरेको गुरुङले बताए ।

हात र नाक मुखमात्र  जोगाउन सके पनी सङ्क्रमणको सम्भावना कम हुने भएकोले मास्क र पन्जा दिइएको उनको भनाइ छ ।