पथरी : राष्ट्रिय युवा सङ्घ मोरङले कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न स्वाब कलेक्सन बुथ वितरण गरेको छ ।

बुधवार मोरङको बेलबारी नगरपालिका स्थित नगर अस्पताल र सुन्दरहरैचा नगरपालिका स्थित पुर्वान्चल विश्व विद्यालयको आइसोलेसन वार्डलाई ती सामाग्री हस्तान्तरण गरिएको हो ।

सङ्गठनले मोरङका अन्य अस्पताललाई समेत सामाग्री हस्तान्तरण गर्ने तयारी सुरु गरेको छ ।

नेपाल इन्जिनियरिङ एसोसिएसन इटहरी च्याप्टरले प्राविधिक सहयोगमा बुथ वितरण गरिएको सङ्घका केन्द्रीय सदस्य विजय डागिले बताए ।