इटहरीः इटहरी उपमहानगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष ५५ बर्षीय बिष्णुलाल चौधरीको निधन भएको छ । बिगत ६ महिना देखि बिरामी भएर उपचार गराई रहेका वडा अध्यक्ष चौधरीको गए राती निधन भएको परिवारले जनाएको छ ।

एक बर्षअघि भारतबाट उपचार गराएर फर्किएका उनी पछिल्लो समय सिकिस्त बिरामी भएका थिए । नोबेल अस्पताल विराटनगरमा नियमित उपचार गराईरहे पनि पित्तथैलिको क्यान्सर भएकोले उपचार सम्भव नभएको परिवार श्रोतले बताएकाे छ  ।

नेपाली कांग्रेसको तर्फबाट निर्वाचित वडा अध्यक्ष चौधरी नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि समेत हुन् । उनको बिहिवार बिहान १० बजे इटहरीको गंगा जमुना मुक्ति घाटमा परम्परा अनुसार दाहसंस्कार गरिदै छ । चौधरीका २ छोरी १ छोरा र श्रिमति छन् ।