तेह्रथुम : तेह्रथुम फेदाप-१ कुरुवाङ टोल बस्ने ३१ बर्षीय दुर्गा तामाङको लडेर मृत्यु भएको छ ।

आज बिहान ७ बजे आफ्नै घर छेउमा रहेको बारी पहरामा घाँस काट्ने क्रममा अचानक चिप्लिएर ५० मिटर जती तल झरी बजारिदा उनको घटनास्थलमै मृत्यु भएको भनि आफन्तले प्रहरीमा खबर गरेका थिए ।

घटनाको जानकारी पाउन साथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।