इटहरी : र्‍यापिड डाइग्नोस्टिक टेस्ट किटमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका झापामा एक युवकलाई पुन : परीक्षण गर्दा नेगेटिभ देखिएको छ ।

बुधवार झापा हाल्दिबारी गाउँपालिका २ निवासी अन्दाजी ३० वर्षीय एक युवकलाई र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएको थियो ।

दुबईबाट करिब एक महिना अगाडी फर्किएका ती युवा होम क्वारेन्टाइनमा बसेका थिए । स्वास्थ्य शाखा हल्दिबारीको स्वास्थ्यकर्मीको टोलीले आरडिटी किटले दुई पटकसम्म परीक्षण गर्दासमेत रिपोर्ट पोजेटिभ आएको थियो ।

झापा जिल्ला विपद् व्यवस्थापन सहायता कक्ष सचिव तथा महामारी फोकल पर्सन जीवन चौलागाईका अनुसार बिहिबार सोही व्यक्तिको स्वाब पुन विराटनगरमा पिसिआर परीक्षण गर्दा भने उनको कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।