धरान : काठमाडौंबाट लकडाउन छल्दै गोरखा पुगेका नेपाल प्रहरीका एक जना नायब निरीक्षकलाई गोरखाका प्रहरीले बाटोबाटै फर्काइदिएको छ ।

प्रहरी पोसाकमा बा २१ च १२६१ नम्बरको स्कारपियो लिएर बिहीबार बिहान गोरखा पुगेका सई पिके यादवलाई बाह्रकिलोबाट फर्काइएको प्रहरीले जनाएको छ।

अत्यावश्यक भन्दै अनावश्यक रूपमा सवारी साधन लिएर आउजाउ गर्ने क्रम बढेपछि सवारीपास चेकजाँच गर्ने क्रममा सई यादवसँग सवारी पास नभएको खुलेको हो । गोरखाका प्रहरीको मातहतमा खटेको टोलिले सौधपुछ गरि बाटोबाटै फर्काइदिएको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक ओम अधिकारीले पास नभएका सईलाई बाटोबाटै फिर्ता पठाइदिएको जानकारी दिए । कार्यालयको कामको शिलशिलामा आएको आएको भए मलाई जानकारी आउथ्यो तर जानकारी नै छैन,’ अधिकारीले भने, ‘पास नभेटिएपछि यादवलाई काठमाडौं नै फिर्ता पठाइएको छ।’

लकडाउनका बेला बाहिरी जिल्लाबाट गोरखा भित्रने र गोरखाबाट बाहिर जानेलाई कडाइ गरिएको छ।