धरान : धरान उपमहानगरले लकडाउनको अवधिमा बाढेको राहतको अझै झन्डै ३० लाख भुक्तानी गर्न बाकि रहेको जनाएको छ ।

प्रदेश सरकारलाई बुझाएको प्रतिवेदनमा पहिलो चरणको राहतमा ३९ लाख ९३ हजार २ सय ३० रुपैयाँ भुक्तानी गरीएपनि अझै २९ लाख ९७ हजार ९ सय ५३ रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

बिहीबार धरानले प्रदेश सरकारलाई कोरोना भाइरस रोकथाम र नियन्त्रणमा गरेको काम र लकडाउनको बेलामा गरेका कामको प्रतिवेदन बुझाएको हो ।

पहिलो चरणमा दिएकै राहतको रकम अझै दिन बाकि रहेको देखाएको धरानले दोस्रो चरणको राहतको लागि सहयोग गर्नु पर्ने अप्रत्यक्ष माग प्रतिवेदनमा गरिएको छ ।

प्रतिवेदन अनुसार प्रति परिवार १५ सय रुपैयाँको दरले ३ करोड आवश्यक पर्ने जनाएको छ । धरानका मेयर तिलक राईले मुख्यमन्त्री शेरधन राईलाई भेटेर प्रगति प्रतिवेदन बुझाएका हुन् ।

प्रतिवेदनमा कोरोना नियन्त्रण गर्न साथै लकडाउनलाई पालना गराउन तथा राहत वितरण, व्यवस्थापनमा उपमहानगरले गरेको पहल, कार्यहरूको यथार्थ विवरण उल्लेख गरिएको छन् ।