पथरी : झापाको मेचीनगर बाट पैदल सुनसरीको हरिनगरा हिँडेका ५ जना श्रमिकलाई पथरीमा राखिएको छ । मेचीनगर १४ मा पानी निकाल्ने वोरीङ्ग गाड्ने कामका लागी गएका हरिनगराका ५ जना बिहीबार हिँडेरै झापा वाट मोरङको उर्लाबारी आइपुगेका थिए ।

हरिनगराका चनरदेव लुनिया,कृष्णकुमार महतो ,सम्पतलाल पाल,वुश्कु महतो,हरि महतो उर्लाबारी आइपुगेकामा उनीहरूलाई त्यही नगर प्रहरीले रोकेको थियो । नगरप्रहरीले रोकेर राखेका उनीहरूलाई सोधी खोजी गरेका थिए ।

मेचीनगरबाट हिँडेर उर्लाबारी आइपुगेको उनीहरूलाई अहिले पथरीको सब डिवीजन कार्यालयको हातामा राखेको छन् । रातको समयमा सुनसरी नै पठाउन पहल गरे पनि तत्काल सवारी साधन उपलब्ध नभएपछि उनीहरूलाई सब डिभिजन को भवनमा राखिएको छ ।

Pathari-Haringara-labour-2-

‘लकडाउन’का कारण काम नभएपछि उनीहरू घर फर्किएका हुन् । फर्किएका मध्ये सम्पतलाल पालले भने‘काम नभएपछि हामी घर फर्किएका हौ ।'

मेचीनगर वाट ७० किलोमिटर पैदल नै पथरी आइपुगेका उनीहरूले साथमा बोकेको चिउरा र पानीले भोक मेटेका थिए । ‘खाना खान होटेल नि छैनन् अलि अलि चिउरा छ त्यसैले भोक मेट्छौ’ पालले भने ‘रात यही बिताएर बिहान हिडछौ’ ।

सोही विषयमा मेचीनगरका वडा अध्यक्ष शङ्कर प्रसाद पोखरेलले श्रमिकहरूलाई लकडाउनको १८औँ दिन सम्म राखे पनि उनीहरूले नै घर जान भनेपछि सिफारिस लेखिदिएर घर पठाएको बताए । उनीहरूले नै पैदल नै घर जाने भने पछि वडाको तर्फ वाट सिफारिस बनाइदिएको पोखरेलले बताए ।

यसै बिच हरिनगर ४ का वडा सदस्य राजेश पालले आफ्ना वडाका बासिन्दाको उद्धार गर्ने बताए । उनले टेलिफोनमा भने बिहीबार सबै प्रक्रिया नपुगेकाले शुक्रवार पथरी वाटै उनीहरूलाई गाउँपालिकाले यातायात व्यवस्था गर्ने बताए ।

‘लकडाउन’का कारण धेरै श्रमिकको काम मात्र हराएको छैन परिवारबाट छुटिएर बस्दा अफ्ठेरो भएकाले हिँडेरै घर सम्म श्रमिकहरू जान थालेका छन् । लकडाउन लम्मिदै गएसँगै खाने समस्याकै कारण पनि उनीहरू हिँडेरै घर जान बाध्य भएका हुन् ।