झापा : झापाका फरक फरक स्थानमा निर्मित क्वारेन्टाइनमा राखिएका बाहिरी जिल्लाका ३२ जनासहित २१७ जना घर फर्केका छन् ।

क्वारेन्टाइन अवधि पूरा गरिसकेका र कोरोनाको संक्रमण भए/नभएको पूर्ण परिक्षणपछि उनीहरुलाई घर फर्काइएको हो । झापाका १२ वटा स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टाइनमा उनीहरु बस्दै आएका थिए ।

यसरी फर्कनेहरुमा मेचीनगरबाट १०८ जना, कनकाईबाट ७, गौरीगञ्जबाट २, झापाबाट ७, दमकबाट २०, शिवसताक्षीबाट २, अर्जुनधाराबाट ६, गौरादहबाट १, कमल २, भद्रपुरबाट २८, बिर्तामोडबाट ५ जना र कचनकवलबाट २ जना रहेको जनस्वास्थ्य कार्यालय झापाका महामारी कार्यक्रम संयोजक जीवन चाैंलागाइले जानकारी दिए ।

झापाका १५ वटा स्थानीय तहले ७५१ जना क्षमताको २७ वटा क्वारेन्टाइन बनाएका छन् । हाल उक्त क्वारेन्टाइनमा १७७ जना रहेका छन् ।