धरान : धरान उपमहानगरपालिकाले प्रतिनिधि सभा,प्रदेशसभाका सभासदहरु संग छलफल गरेको छ । धरानमा कोरोना भाईरस नियन्त्रणका लागि भईरहेका प्रयास, राहत वितरण तथा संकलन, लकडाउन र सुरक्षा सेवाको बारेमा उपमहानगरले जानकारी गराएको थियो ।

छलफलका क्रममा संसदहरुले धरान उपमहानगरले गरेको काममा सन्तुष्टी जनाएको धरानका मेयर तिलक राईले जानकारी दिए । राईले भने 'लकडाउन लम्बिन सक्ने भन्दै मान्य ज्युहरुले अब आउने समयमा पनि व्यवस्थापनमा अहिले बाटै सोच्नु पर्नेबारे सचेत गराउनु भयो ।'

छलफलमा एक नम्वर प्रदेशका सभामुख प्रदीप भण्डारी, प्रदेश सभासदहरु भीम आचार्य, सावित्रि श्रेष्ठ, चन्द्रप्रसाद श्रेष्ठ, उमिता बराईली प्रतिनिधि सभा सदस्य मीन विश्वकर्मा, जयकुमार राई, धरान उपमहानगरपालिकाका मेयर तिलक राई, उपमेयर मन्जु भण्डारी सुबेदीको सहभागिता थियो ।