सप्तरी : एम्बुलेन्स रिर्जव गरेर श्रीमती भेट्न नक्कली बिरामी बनेर गएका राजबिराज २ का ४० बर्षिय राजेश मिश्र फत्तेपुरमा समातिएका छन् । 

उदयपुरको चौदण्डीगढी नगरपालिकास्थित हडियामा स्वास्थ्य चौकीमा कार्यरत श्रीमती भेट्न जादैं गर्दा सप्तरीको सप्तकोशी नगरपालिकास्थित फत्तेपुरमा समातिएका हुन ।

मिश्र रक्सीले मातेर राम्रो बोल्न सक्ने आवस्थामा भेटिएका उनि श्रीमतीलाई भेट्न जान कुनै उपाय नलागे पछि उनले राजबिराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालबाट विमारी डिस्चार्ज पेपर पनि बनाएर स १ च ११२२ नम्बरको एम्बुलेन्समा श्रीमती भेट्न हिँडेका थिए  ।

अस्पतालको लेटर प्याडमा डिस्चार्ज लेखेको पेपरमा बैशाख ३ गतेकाे मिति उल्लेख भएको  छ तर सो दिन राजेश मिश्र नामको कोही मान्छे डिस्चार्ज नभएको अस्पतलाले जनाएको छ । 

राजविराजदेखि प्रहरी प्रशासनको आँखा छल्दै हिडेका उनी फत्तेपुर प्रहरीको फन्दामा परेका थिए । चेकजाँच गर्दा उनी रक्सीले टिल्ल भएको पाए पछि उनीबारे खोजी गरेका थिए । आफुलाइ कम्प्युटर इन्जिनियर बताउने मिश्रले आफू बिरामी नभएको तर लकडाउनमा गाडी नचलेका कारण श्रीमती भेट्न एम्बुलेन्स रिजर्भ गरेर हिँडेको बताए ।

एम्बुलेन्स चालक सन्तोषकुमार यादब भने आफुले डिस्चार्ज पेपर हेरेर बिरामी बोकेको बताए। निजले रक्सी खाए नखाएको आफुले ख्याल नगरेको तर अहिले हेर्दा रक्सिले मातेको बताएका छन् ।

एम्बुलेन्सलाई फत्तेपुर प्रहरीले नियनत्रणमा लिइ जरिवाना तिराएर छाडिएको ट्राफिक प्रहरी पोष्ट फत्तेपुरकी सई शशीकुमारी घिसिङले जानकारी दिइन ।