मोरङ : मोरङको रंगेली नगरपालिका वडा नं ४ स्थित चेकाखोलाको डिलमा रहेको पिठारीको रुखमा एक युवाको झुण्डिएको अवस्थामा शव फेला परेको छ ।

अन्दाजी ३४-३५ बर्षकाे जस्ताे देखिने युवक पिठारीको हाँगामा पासो हालि झुण्डिए अवस्थामा मृत्त फेला परेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

मृतक युवाको पहिचान नखुलेको इलाका प्रहरी कार्यालय रंगेलीका ईन्सपेक्टर लेखनाथ दाहालले जानकारी दिए । घटनास्थलमा फलामको चुलेसी पनि भेटेको र हाल शव पोष्टमार्टमका लागि रंगेली अस्पतालमा लगीएको दाहालले जानकारी दिए ।

मृतको बारेका पहिचान नखुलेकोले प्रहरीले मृतको पहिचान भए चिन्नु हुने महानुभावले इलाका प्रहरी कार्यालय रंगेलीको फोन नं ९८५२०९०१४४ मा सम्पर्क गर्न पनि प्रहरीले अनुराेध  गरेको छ ।