इटहरी : उदयपुरको मस्जिदमा बसेका ८ भारतीय नागरिकमा कोरोना पोजेटिभ भेटिएको छ ।

सामाजिक बिकाश मन्त्रालयको स्रोतलाई उदृत गर्दै अन्नपुर्णपोस्टले नगरपालिका ३ भुल्केस्थित मस्जिदमा लुकेर बसेका १० मध्ये ८ जनाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ भएको जनाएको छ ।

भुल्केस्थित मस्जिदमा लुकेर केही भारतीय नागरिक बसेको सूचना आएपछि मंगलबार सुरक्षाकर्मी सहित मस्जिद पुगेको स्वस्थ्यकर्मीको टोलीले उनीहरुको स्वाब नमुना लिएको थियो ।