इटहरी : उदयपुरमा १२ जना र चितवनमा २ गरि एकै दिन १४ कोरोना सक्रमित भेटिएका छन् । हाल सम्म प्रदेश एकमा नदेखिएपनि पहिलो चोटी पहिलो १२ जना संक्रमित प्रदेश एकमा देखिएका हुन् ।

उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो । हालको अध्यावधिक विवरण अनुसार कोभिड-१९ को जम्मा पुष्टी भएको संख्या ३० जस मध्ये आज मात्रै १४ जनामा नयाँ पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुस्टि गरेको हो ।

शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु मध्ये केही भारतीय हुन् । यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनका हुन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उनीहरु मध्ये पहिलो संक्रमित निको भइसकेका छन् ।