इटहरी । पुर्वपश्चिम राजमार्गमा खटीएका प्रहरीलाई डाक्टर देवराज घिमिरेले पानी र खाजा खुवाएका छन् ।

झापाको दमक देखि सुनसरीको इटहरी सम्म खटीएका प्रहरीलाई शुक्रबार दिउँसो उनले खाजा पानी सहयोग गरेका हुन् । गर्मी मौसममा सडकमा खटीएका सुरक्षाकर्मीलाई चिसो पानी, जुस, बिस्कुट तथा चाउचाउ दिएको घिमिरेले बताए ।

कोरोना महामारी को समयमा अहोरात्र खटिएका राष्ट्रसेवकहरुलाइ मनोबल उच्च बनाउन सानो पहल गरेको उनको भनाई छ । पछील्लो समय चिकित्सक र सुरक्षाकर्मी बिच दुरी बढ्दै गएको हुनाले एकअर्का बिच भाइचाराको भावना अभिवृद्धी गराउन खोजेको उनले बताए ।

यस्तो बिषम परिस्थीतीमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मी मिलेर मात्रै कोरोना भाइरस पराजीत गर्न सकिन्छ ।, उनले भने, एकअर्का बिच सुमधुर सम्बन्ध भएमात्रै यो बिकराल परीस्थीती पार लागाउन सकिन्छ ।

नेपालको बिभिन्न स्थानमा सुरक्षाकर्मि ले चिकित्सक तथा स्वास्थ्यकर्मी माथि कुटपिट गरेका घटना बाहिर आईरहेको अबस्थामा डाक्टर घिमिरेले सुरक्षाकर्मी को मनोबल बढाउने काम गरेका छन् । आफुले पानी दिदै गर्दा एक प्रहरीले सुरक्षाकर्मी सदासयताको प्रशंसा गरेको डाक्टर घिमीरेले सुनाए ।

घिमिरेले यस अघी बिपन्न, सुकुम्बासी टोलमा स्वस्थ शिबिर गर्ने देखी औषधी बितरण गर्ने र बालबालिका लाई पाठ्य सामाग्री बितरण गर्ने काम गर्दै आएका थिए