इटहरी : नेपाल प्रेस युनियन सुनसरी जिल्ला कार्यसमितिको अध्यक्षमा पवन अधिकारी चयन भएका छन् ।

२०७५ कार्तीक १८ गते आइतबार सम्पन्न युनियनको आठौँ अधिवेशनको सहमती अनुसार उनी अध्यक्ष  भएका हुन् ।

आठौं अधिवेशनमा अध्यक्षका प्रत्यासीद्वय धनबहादुर पुरी र पवन अधिकारी मध्ये नेतृत्व बाँडफाड भएको थियो । जसमा पुरीले ०७५ कार्तीक १८ देखी ०७७ बैसाख ५ गते सम्मको पहिलो कार्यकाल पुरा गरेका छन् ।

कार्यकाल बाँकी अवधीकालागी अधिकारीलाई अध्यक्ष बनाउने सहमती अनुसार यही बैसाख ६ गतेदेखी उनी अध्यक्ष भएका हुन् । सहमती पत्रमा पुरी पछी अध्यक्षमा अधिकारी स्वत: चयन हुने उल्लेख गरीएको छ ।
पहिलो कार्यकाल सम्पन्न गरेका पुरीले पत्रकारलाई प्रशिक्षण कार्यक्रम आयोजना गर्ने देखी शुभकामना आदानप्रदान तथा बनभोज कार्यक्रमको आयोजना गरे ।

अब आफ्नो काँधमा जिम्वेवारी थपीएकोले थप प्रभावकारी ढंगले युनियनलाई अगाडी बढाउने अधिकारीले बताए । युनीयनको आगामी महाधीवेशनमा सुनसरीको प्रभावकारी प्रतिनिधित्व गराउने र नवौैँ महाधिवेशन सम्पन्न गरेर नेतृत्व हस्तान्तरण गर्ने उनको योजना छ ।