धरान : धरानमा उपमहानगर र सुरक्षा निकायहरू सहितकाे  बैठक जारि रहेकाे छ ।

उदयपुरमा १२ जना  काेराेना संक्रमित भेटिएपछी धरानमा हुनसक्ने जाेखिम र धरानको लकडाउनलाई कसरी प्रभावकारी बनाउने  भन्नेबारेमा बैठक केन्द्रित रहेको बताइएको छ ।

बैठकमा मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदी, प्रमुख प्रशासकीय अधिकृत विदुर खनाल सहित धरानका तीन सुरक्षा निकायका प्रमुखहरू सहभागी छन् ।

बैठकमा इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डिराज न्यौपाने, सशस्त्र प्रहरी बेसक्याम्प धरान १३ का प्रमुख एवं डिएसपी राजेन्द्रकुमार श्रेष्ठ, इलाका प्रशासन कार्यालयका प्रमुख चन्द्रबहादुर कार्की, सैनिक आवासीय महाविद्यालय फुस्रेका शैलेन्द्र सिलवाल र श्रीकृष्ण दल गण फुस्रेका गणपति रञ्जित केसी पनि सहभागी छन् ।

बैठकमा धरानको नाका सिल गर्ने, लकडाउनलाई थप कडाइ गर्ने, खाद्यान्न तथा धरानभित्र उत्पादन भएको तरकारीको होम डेलिभरीलगायतलाई के गर्नेलगायत विषयहरूमा छलफल भइरहेको छ ।