इटहरी : शुक्रवार साँझ उदयपुरको भुल्केमा एकै ठाउँ १२ जनालाई कोरोना पोजेटिभ देखिएपछि सिङ्गो देशकै ध्यान एक पटक खिचियो । प्रदेश एककाे उदयपुरमा १२ जना देखिनु अगाडी कोरोना सङ्क्रमित नदेखिएकोमा एकै पटक देशको ४० प्रतिशत कोरोना सङ्क्रमित प्रदेश एकमा देखियो ।

हाल नेपाल भरि प्रमाणित कोरोना सङ्क्रमित ३० जना छन् जसमध्ये प्रदेश एकमा १२ जना रहेका छन् । कोभिड १९ सङ्क्रमितको सङ्ख्या एकै दिन १२ जना थप भएपछि प्रदेश १ मा अहिले जोखिम ह्वात्तै बढेको छ ।

शुक्रवार १२ जनालाई कोरोना देखिएपछि हाल उनीहरूलाई अहिले कोरोना अस्पताल विराटनगरको आइसोलेसनमा राखिएको । भने उनीहरू सँगैका ४ जनालाई मोरङको टाढीको क्वारेन्टाइनमा राखिएको छ ।

के छ त प्रदेश सरकारको तयारी ?

कोरोनाबाट जोगिन नेपाल सरकारले एक महिना देखी लकडाउन गरिरहेको छ यसबाहेक प्रदेश सरकारले पनि अन्य महामारी नियन्त्रणमा विभिन्न कम गर्दै आएको छ । लुकीछिपी रातीको समयमा हिँड्ने र मस्जिद परिवर्तन गर्ने क्रम नरोकीएकपछी अहिले देशै भरका मस्जिदहरूलाई उच्च निगरानीमा राखिएको छ ।

कोरोना जोखिमबाट बच्न उदयपुरको सीमा जोडिएको सुनसरीले सबै नाका बन्द छन् । प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता एसपी सुमन कुमार तिम्सिनाका अनुसार शनिवारबाट प्रहरीको जनशक्ति थप गरेर लकडाउन कडाइ गरिएको छ ।

हिजो अस्ति जस्तो नर्मल मानिसको आवतजावत पुर्णरुपमा बन्द हुने र बाटोका हिँडेको भेटिए सिधै क्वारेन्टाइनमा पुर्‍याइने उनको भनाई छ । त्यसमा पनि विशेष गरी मोरङ र सुनसरीमा बढी कडाइ गरिएको एसपी तिम्सिनाले जानकारी दिए ।

सुरक्षा सँगै उपचारमा तत्काल प्रदेश एक सक्षम देखिए पनि पुन सङ्क्रमित बढेको अवस्थामा स्थिति जटिल हुन सक्ने देखिन्छ । प्रदेश एकमा ४ हजार ४ सय ४७ क्वारेन्टाइन बेड निमार्ण भएका छन् । अहिले क्वारेन्टाइन भन्दा पनि प्रदेश सरकारले आइसोलेसन तथा उपचारलाई चुस्त बनाउनु पर्ने देखिएको छ ।

र्‍यापिड परीक्षणले गर्दा अहिले क्वारेन्टाइनमा बस्नेहरूको रिपोर्ट आइरहेका छ । तर कोरोना सङ्क्रमितलाई उपचार गर्ने छुट्टै अस्पतालहरू भने न्यून छन् । प्रदेश सरकारले कोरोना सङ्क्रमित उपचारको लागि विराटनगरमा ५० बेडको कोसी अस्पताल अन्तर्गत कोरोना विशेष अस्पताल बनाएको छ ।

अस्पताल भए पनि अहिले पनि जनशक्ति अभाव देखिएको छ । चिकित्सकको अभावमा थप बिरामी आए समस्या हुने कोसी अस्पतालकी निर्देशक डाक्टर सङ्गीता मिश्रले बताइन् । कोरोना सङ्क्रमितको उपचारमा चिकित्सक खटाउँदा अरू बिरामी उपचा बाट वञ्चित हुने भएकोले जनशक्ति थप गर्नुपर्ने उनको भनाई छ ।

Corona-Lab-opaning

जनशक्तिको विषयमा स्थानीय र प्रदेश सरकार सँग समन्वय गरिरहेको उनले बताइन् । उता प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरेले भने प्रदेश १ मै भएका जनशक्तिको उच्चतम उपयोग गरिने बताए । यो सङ्कटको घडीमा चिकित्सक र सुरक्षा कर्मीको भूमिका उल्लेखनीय रहने भन्दै उनले सक्दो सहयोगको लागी अपिल गरेका छन् ।

हाल ५३ स्थानमा ४ सय ४९ वटा आइसोलेसन कक्ष निमार्ण गरिएको र केही दिनमा विपी प्रतिष्ठानमा १०० बढीको कोरोना विशेष अस्पताल बनाइने भएको छ ।