झापा : झापाको दमकमा पनि आफुलाई मुश्लिम धार्मिक गुरु तथा शिक्षक बताउने १४ जनाकाे र्‍यापिड टेष्ट गरिएको छ । 

दमकको मस्जिदमा रहेका १४ जनाकै आज र्‍यापिड टेष्ट गरिएको छ । परिक्षणमा उनिहरू सबैकाे रिपाेर्ट नेगेटिभ आएकाे दमक नगरपालिकाकी उपप्रमुख तथा प्रवक्ता समेत रहेकी गीता अधिकारी जानकारी दिईन ।

उनका अनुसार आज १४ सहित अहिलेसम्म डेढ दर्जनभन्दा बढि मस्जिदमा रहेकाहरुको आरडिटी परीक्षण गरिएको छ । उनीहरु मध्ये ४ जनाकाे स्वाब परीक्षणका धरान  पनि पठाईएकाे छ ।