धरान : धरानको सम्भावित जोखिम क्षेत्रहरूलाई मध्यनजर गरेर धराका विभिन्न क्षेत्रमा ब्लीचिङ पाउडर छर्न थालिएको छ ।

केही दिन अघि धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ब्लीचिङ पाउडर पानीमा घोलेर सेनिटाईज गर्न सुरु गरिएको र त्यसपछि भानुचौक र धरान १३ को कृषि बजारमा समेत सेनिटाईज गरिसकिएको छ । पाउडर राम्रो नघोलिएकोले धरानका विभिन्न जोखिम क्षेत्रमा ब्लीचिङ पाउडर छर्न थालिएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका वरिष्ठ कविराज रामबाबु यादबले जानकारी दिएका छन् ।

Bliching-1

धरान ३ को तरकारी बजारमा धेरै मानिसको आउजाउ भएको र सो क्षेत्रमा सडे गलेका तरकारीहरू जहीतहि फालिएकोले कुहिएर दुर्गन्ध आउन थालेकोले ब्लीचिङ पाउडर छर्किएको बताइएको छ ।

Bliching-3

यसै गरी आज पनि थप केही ठाउँमा ब्लीचिङ पाउडर छर्किने वरिष्ठ कविराज रामबाबु यादवले बताएका छन् । उनका अनुसार धरानमा कोरोनाको जोखिमलाई मध्यनजर गरेर जोखिम क्षेत्रमा सेनिटाईज र ब्लीचिङ पाउडर धरान उपमहानगरपालिकाले छर्ने बताइएको छ ।