इटहरी : सामाजिक सञ्जाल फेसबुक मार्फत अफवाह फैलाएको अभियोगमा ईलामका एक जना पक्राउ परेका छन् ।

फाकफोकथुम गाउँपालिका-७ का २४ बर्षीय सन्दिप योङहाङ लिम्बुलाई शनिवार बिहान अफवाह फैलाएको भन्दै पक्राउ गरिएको हो ।

लिम्बुले आफ्नो फेसबुक स्टाटसमा ईलामको बिब्ल्याटेमा एक जनामा कोरोना सङ्क्रमण भेटियो भन्ने तथ्यहिन र भ्रामक कुरा प्रचार गरेको प्रहरीको आरोप छ ।

अफवाह फैलाई जनमानसमा डर त्रास फैलाउने काम गरेको पाईएपश्चात जिल्ला प्रहरी कार्यालय ईलामबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा थप जिल्ला प्रहरी कार्यालय ईलामले अनुसन्धान भईरहेको छ ।