झापा : झापाको कमल गाउँपालिकाका कृषकहरूलाई सहुलियत दरको मल वितरण गरेको छ । स्थानीय स्वर्णकमल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले साल्ट्र ट्रेडिङ कर्पोरेसनबाट खरिद गरेर युरिया, डिएपी र नेपालमै वनेको एसएसपी मल वितरण गरेको हो ।

लकडाउनको अवस्थामा कृषकको माग लाई मध्यनजर गर्दै झापाको कमल गाउँपालिकाको स्थानीय सहकारीबाट मल वितरण हुँदा कृषकहरू लाभान्वित भएका छन् ।

लकडाउनको अवस्थामा सहकारीले मल वितरण गर्द खुसी व्यक्त गर्दै हाल लगाएको साग सब्जी, धान मकै उत्पादनका लागि सहयोग पुगेको वडा नं. ७ का मदन कुमार वोहोराले बताए ।

बाह्रघरेमा मल वितरण नहुँदा लामो बाटो हिँडेर मल लिन आइपुगेकी कमल गाउँपालिका वडा नं. ७ कि पूजा दंगाल धनिपुर्जा भए पछि एक जना बराबर २५ केजी मल पाउने व्यवस्था रहेको बताइन ।

यहाँ वाट वितरण हुने मल पर्याप्त नभएको बताउँदै आफूले ५ विगाहामा चैते धान खेती गरेको पुजाको भनाई छ । लकडाउनको समय भए पनि धान ख्यातिमा युरियाको अभाव भएको हुँदा जोखिम मोलेरै भए पनि मल लिनु पर्ने बाध्यता रहेको उनले बताइन ।

साल्ट्र ट्रेडिङ बाट सम्झौता भए अनुसार कृषकको माग लाई मध्यनजर गर्दै कमल गाउँपालिकाको समन्वयमा मल खरिद गरेर वितरण गरिएको सहकारीका अध्यक्ष लक्ष्मी प्रसाद गौतमले बताए ।

मल ढुवानीका लागि पास नपाएको गुनासो गर्दै सहकारीका सदस्यहरू बाहेक अन्य नागरिकहरूलाई पनि धनिपुर्जाका आधारमा मल वितरण गरिएको अध्यक्ष गौतमको भनाई छ ।