तेह्रथुम : तेह्रथुमको छथर गाउँपालिका-२ बस्ने रेवन्त बि.क.को १० बर्षीय छोरा सरोज बि.क. र निजकै भान्जी १० बर्षीया ऐलिना बि.क. तेलिया खोलाको दहमा मृत फेला परेका छन् ।

शनिवार दिउँसो दुबै बालक तथा बालिका छथर गाउँपालिका २ र धनकुटाको छथर जोरपाटी गाउँपालिका-५ मा पर्ने तेलिया खोलाको कानगुदी दोभानमा पौडी खेल्न भनी गएको र पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।

बेपत्ता भएको खबर प्राप्त भएसंगै प्रहरी चौकी शुक्रवारेबाट खटिएको प्रहरी टोली र स्थानीयवासी समेतको टोलीले खोजतलास गर्ने क्रममा आइतबार बिहान साँढे ११ बजे सोही दह भित्र ढुङगाले थिचिएको अवस्थामा दुवै जनाको शव फेला पारेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट अनुसन्धान अधिकृत सहितको टोलीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।